सल्यानमा अन्तर वडा आवतजावतमा प्रतिबन्ध
सल्यान । जिल्लाको शारदा नगरपालिकाले अन्तर वडामा आवतजावत गर्न प्रतिबन्ध लगाएको छ । कोभिड १९ का कारण उत्पन्न परिस्थिति भन्दै वडा अन्तरगत गरिने आवातजावतलाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
शनिबार बसेको नगरकार्यपालिकाको बैठकले नेपाल सरकारले अन्तर जिल्ला, पालिकामा जान प्रतिबन्ध गरेको भोलिपल्ट नगरपालिकाले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएको भन्दै १५ वटै वडा लकडाउन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका १५ वटै वडामा सरकारको नीति अनुसार एक वडाबाट अर्को वडा जान प्रतिबन्ध लगाइएको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । बिरामी, स्वास्थ्यकर्मी, र अत्यावश्यक काममा खटिएकाको हकमा भने प्रतिबन्ध लागु नहुने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्