तपाईँ सुन्दै हुनुहुन्छः

पाच सय ९० परिवारलाई खाद्यान्न सहयोग

बाजुरा  । बाजुरा बडिमालिका नगरपालिका ८ नम्बर वडा कार्यालयले प्रत्येक परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
वडामा बसोबास गर्ने पाच  सय ९० परिवारलाई पाच देखि १५ केजीका दरले वडाको बजेटबाट खाद्यन्न सहयोग गरिएको हो ।
परिवारको आयश्रोत हेरेर प्रति परिवार पाचदेखि १५ केजी चामल, एक  केजी नुन र एक पीस साबुन वितरण गरिएको वडा अध्यक्ष प्रकाश रावलले बताउनु भएको छ।
दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई लक्षित गरेर खाद्यन्न सहयोग गरिएको भएपनि सबैलाई समेट्न र लकडाउनमा देखिएको समस्या थोरै भएपनि समाधान गर्न सहयोग गरिएको अध्यक्ष रावलको भनाई छ ।
वडा कार्यालयबाट ४० क्वीन्टल चामल, ५ सय ९० केजी नुन र ५९० पीस साबुन  गरि करिब दुई लाख बराबरको सामान सहयोग गरिएको हो ।
खाद्यन्न प्रत्येक घरमै पुर्याएर हस्तान्त्रण गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button