तपाईँ सुन्दै हुनुहुन्छः

कोराना भाइरसको प्रभाव : तरकारी बजार ल्याउन नसक्दा बारीमै कुहिन थाले

फाइल तस्बिर

उदयपुर । उदयपुरका बिभिन्न भेगका किसानले उत्पादन गरेका तरकारी बजार ल्याउन नसक्दा घर बारीमा नै कुिहन थालेको छ । सिजनमा उत्पादन भएका तरकारी, फलफुलहरु बजारसम्म पुर्याउने व्यवस्था नहुँदा बारीमै कुहिन थालेका हुन् ।

लकडाउनको समय सिमा बढेसँगै यातायातका साधन सञ्चालन हुन नसक्दा किसानले उत्पादनको लगानी त्यसै खेर गएको तरकारी उत्पादक बिभिषणप्रसाद चौधरीले बताउनुभयो ।

उहाँले सिजनअनुसारको तरकारी उत्पादन भएका छन् । तर बिक्रीका लागि गाडी नखुल्दा व्यापारी खरिद गर्न नआउने र आफुले पनि बजारसम्म लैजान नसक्ने बताउनुभयो ।

‘कतिपय तरकारी बिक्रीका लागि ठिक्क पारेर घरमा राखेको अवश्थामा कुहेर चौपायलाई खोले खुवायौ, चौधरीले भन्नुभयो, ‘बारीमा त्यस्तै सोतर भएर कुिहएको छ, अब त पशुचौपायले पनि खाएर सक्दैन् ।

यता किसानहरुको छाता संगठन राष्ट्रिय कृषक समूह महासंघ उदयपुरले किसानले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउने व्यवस्था मिलाउन तहगत सरकारसँग आग्रह गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै उत्पादक किसानका बस्तुले बजार नपाउने र उपभोक्ताले खरिद गर्न नपाउने अवस्था रहेको उल्लेख गरेको छ ।

महासंघ अध्यक्ष कुशल राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउनले किसानहरुको तरकारी कुहिएर खेर गइरहेको उल्लेख गरिएको छ ।

किसानहरुको मार्कालाई मध्येनजर गर्दै ढुवानी तथा निर्यातको व्यवस्था मिलाई सर्वसाधारणलाई ताजा तरकारी खरिद गरेर उपभोग गर्ने वातावरण मिलाई दिन माग गरिएको छ ।

साधारण किसानहरुको कृषि कर्म नै जिविकोपार्जनको माध्यम भएको र उपभोक्ताहरुले सहजरुपमा तरकारी खान पाउने व्यवस्था मिलाइ दिन अपिल गरिएको छ ।

विज्ञप्तिमा स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्दै उत्पादनलाई बजारसम्म पुराउने अवस्थाको सिर्जना गर्न पनि माग गरिएको छ ।

तरकारीजन्य उपभोग्य वस्तुको नियमित आपुर्तीका लागि योजनाबद्धरुपमा बढ्न पनि महासंघले सबै तहका तहगत सरकारहरुसँग माग गरेको छ ।

यद्यपि महासंघले सरकारले घोषणा गरेको लकडाउन सफल पार्न सहयोग गर्नु सबैको दायित्व रहेको पनि जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button