तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ को आशंकामा नमुना संकलन गरी पठाइएका उदयपुरका पाँच जनाको नतिजा नेगेटिभ

उदयपुर । कोरोना भाइरस (कोभिड–१९)को आशंकामा नमुना संकलन गरी पठाइएका उदयपुरका पाँचै जना बिरामीको नतिजा नेगेटिभ आएको छ । स्वाव परीक्षणका लागि पठाइएका सात जना बिरामी मध्ये पाँच जनाको नतिजा नेगेटिभ आएको हो ।

बाँकी दुई जना त्रियुगा नगरपालिकाको शनिबार बेलुका खकार संकलन गरी परीक्षणका लागि धरान पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

बिदेशबाट आएका त्रियुगा नगरपालिकाका चार जना र बेलका नपाबाट एक जनाको स्वाव परीक्षणका लागि पठाइएको थियो ।

शनिबार पठाएका बाहेकका सबै बिरामीको नतिजा नेगेटिभ आएकाले जिल्लामा संक्रमण देखा नपरेको तर प्रवेश गर्ने सम्भावना भने अधिक रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ४५ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढि बेलका नगरपालिकामा एक सय ५९, त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा सात रहेको छ । विदेशबाट आएका तर केही बिरामी नदेखिएका उनीहरुलाई स्थानीय प्रशासनले १४ दिनसम्म घरबाहिर ननिस्कन गरी होमक्वारेन्टाईनमै राखेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा आठ जना महिलासहित ६२ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

उहाँले कटारी नगरपालिकामा चार र लिम्चुङबुङ गाउँपालिकामा चार जना रहेको जानकारी दिनुभयो ।

त्यस्तै पुरुषतर्फ कटारी नपामा २२, त्रियुगामा आठ, वेलकामा नौ, रौतामाई सातर लिमचुङ्गबुङ्गमा आठ गरी ५४ जना रहेका छन् ।

आईसोलसनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button