लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्ने पक्राउ
मेलम्ची । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बाह्रबिसेमा चेकजाँचको क्रममा वा ११ च ५३८१ न.को बोलेरोमा खाद्यान्नका सामानहरुमा लुकाई छिपाई ओसारपसार गर्न लागेको मदिरासहित सामान धनी र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले चार सय ५० क्वाटर रोज नामको मदिरा र ४८ क्वाटर गोल्डेन ओक नामको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्