तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयवासीको सहयोगमा अति विपन्नलाई राहत

मेलम्ची ।  इन्द्रावती गाउँपालिका वडा नं २ का स्थानीयवासीले वडाभरिका अति विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।

समाजसेवी मोहन गिरीको अगुवाइमा इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको सहयोगमा अति विपन्न ७५ परिवारलाई सहयोग गरिएको हो ।

आइतबार सहयोग वितरणको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष रामशरण गिरीले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई सहयोग गरिएको बताउनुभयो ।

मोहन गिरीले रु. ५० हजार सहयोग गर्नुभएको छ भने हिराबहादुर गिरी तथा रामेछापका बलराम खड्का लगायतले सहयोग उपलब्ध गराउनुभएको छ । अहिले ७५ परिवारलाई सहयोग गरे पनि आवश्यक परे अन्य परिवारलाई पनि सहयोग गर्न सकिने मोहन गिरीले जानकारी दिनुभएको छ ।

दैनिक ज्याला गरी छाक टार्न पर्ने परिवारका सदस्यहरुले काम गर्न नपाउँदा समस्या भएको हुँदा ती परिवारलाई खाद्य सामग्री सहयोग गरिएको हो । चामल १५ किलोग्राम, दाल १ किलोग्राम, तेल आधा लिटर, नुन एक पाकेट, दुइटा साबुन, चिनी एक किलोग्राम र चियापत्ती प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button