तपाईँ सुन्दै हुनुहुन्छः

फाइभजी र कोरोनाबीच कुनै सम्बन्ध छैनः मोबाइल युके

काठमाडौं । फाइभ जीबाट कोरोना भाइरस सरेको भन्ने एक हल्लाका बीच वेलयको ब्रमिङहम र मर्सिसाइडमा फाइभजी मोबाइल टावर जलाइएको तथा इन्जिनियरलाई दुव्र्यवहार गरिएको खबर छ ।

तर, यस घटनाको भत्सना गर्दै वेलायतको दुरसञ्चार प्रदायक कम्पनी मोबाइल युकेले फाइभ जी र कोरोना भाइरस संक्रमणसँग सम्बन्ध रहेको भन्ने आधारहिन भ्रमप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । मोबाइल युकेले घटनालाई सड्यन्त्रको रुपमा हेरेको छ ।

यसैबीच, वेलायतको डिजिटल तथा मिडिया मन्त्रालयले पनि कोरोना भाइरस र फाइजीबीच कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दै भ्रममा नपर्न सबैलाई अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button