जीटूजी विधिबाट तत्काल स्वास्थ्य सामग्री खरिद गरौँ : नेता भुसाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी स्थाई समिति सदस्य पम्फा भुसालले कोराना चेकजाँच गर्ने स्वास्थ्य सामग्री तत्काल खरिद गर्न सुझाब दिनुभएको छ ।
उहाँले चीन सरकारसंग गभर्नमेन्ट टू गभर्नमेन्ट प्रक्रिया मार्फत कोरना भाइरसको जाँच र उपचारको लागी चाहिने स्वास्थ्य उपकरण तथा स्वास्थकर्मीले प्रयोग गर्ने पिपिई लगायतका सामग्री यथासीघ्र खरिद गर्नुपर्ने बताँउनु भएको हो ।
देशले विश्वव्यापी महामारीको सामना गरिरहेको अवस्थामा पनि अनियमितता भएको खण्डमा छानबीन हुनैपर्ने माग राख्दै, ललितपुर निर्वाचन क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहनु भएकी नेता भुसालले पिपिई लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको अभाव हुन नदिनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउनु भएको छ ।
पूर्व सामान्य प्रशासन मन्त्री भुसालले गभर्नमेन्ट टू गभर्नमेन्ट प्रकृयाबाट सामग्री खरिद गर्दा छीटो र गुणस्तरीय हुने बताउँदै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ पुगिसेको र संसारले यस माहामारीबाट खेपेको कष्टपूर्ण अवस्थाको संभावित खतरा टार्न पनि यो कदम छिटो गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्