तपाईँ सुन्दै हुनुहुन्छः

१० लाखको कोरोना भाइरस रोकथाम तथा उपचार कोष स्थापना

अछाम । अछामको रामारोशन गाउँपालिकाले १० लाखको कोरोना भाइरस रोकथाम तथा उपचार कोष स्थापना गरि बिपन्न व्यक्तिलाई सहयोग कार्य शुरु गरेको छ ।

महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमलाई कम गर्न, समस्यामा परेकालाई सहयोग गर्न, उपचार तथा क्वारेन्टाइन व्यवस्थापन गर्न लगायत आवश्यक काममा प्रयोगमा ल्याउने गरि १० लाखको उपचार कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताउनुभयो ।

गाउँपालिकाले पालिका क्षेत्रमा दैनिक ज्यालादारी काम गर्दै आएका कामदारलाई खाद्यान्न समेत बितरण गरेको छ । जिल्ला बाहरीबाट आएर गाउँपालिकाका बिभिन्न ठाउँमा ज्यालादारी काम गर्दै आएका ३५ जना कामदारहरुलाई चामल, दाल, तेल, नून सहितका सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९)संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले खाद्यान्न बितरण गरिएको गाउँपालिका अध्यक्ष साउदको भनाइ छ ।

लकडाउनका कारण समस्यामा परेका जो कोहीलाई पनि गाउँपालिकाले समस्या पहिचान र प्राथमिकताका आधारमा सहयोग प्रदान गर्ने भन्दै अध्यक्ष साउदले नआत्तिन स्थानीयबासी र दैनिक ज्यालादारी काम गर्दै आएकाहरुमा अपिल समेत गर्नुभएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ब्यवस्थापन गर्दै गाउँपालिकाले बिभिन्न क्रियाकलापहरु सञ्चालन गरेको बताउदै यो विपतको बेला सबैले एकजुट भएर एक अर्काको दुखमा साथ दिनुपर्ने अध्यक्ष साउदले बताउनुभयो । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई कार्यान्वयन गर्न पनि साउदले आग्रह गर्नुभयो ।

हाल गाउँपालिकामा दुई सय ५० बढी भारत तथा बाहिरबाट आएका र उनीहरुलाई होम क्वारेन्टाइनमा राखि गाउँपालिकाले निगरानी गरिरहेको गाउँपालिकाले जनाएको छ ।

भारतबाट फर्केकालाई टेलिफोन गरेर अवस्थाबारे जानकारी लिने र आवश्यक सहयोग गर्ने काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button