तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रेस काउन्सिलद्वारा १७ वटा अनलाइनलाई कार्वाही

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले नेपालका कुनै पनि निकायमा दर्ता नभएका र जथाभावी रुपमा समाग्री प्रसारण गर्ने गरको १७ वटा अनलाइनलाई कार्वाही गरेको छ । काउन्सिलले त्यस्ता अनलाइनलाई नेपाल भर प्रसारण हुन नपाउने गरी प्रसारण अवरुद्ध गरेको जनाएको छ ।

काउन्सिलले विभिन्न ३८ वटा अनलाइनहरुलाई आपत्तीजनक प्रसारण सामाग्री हटाएर २४ घन्टा भित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले बुधवार केही यु ट्युवहरुलाई कार्वाहीको लागि नेपाल प्रहरीको साइबर अपराध व्यूरोलाई अनुमती प्रदान गरेको जानकारी दिनुभयो । केही अनलाइनहरु छानविनकै क्रममा रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

काउन्सिलले दर्ता भएका अनलाइनको हकमा आचारसंहिता अन्र्तगत र नभएकाको हकमा कन्टेन्ट ब्लक गरेर कार्वाही गर्ने गरेको छ ।

नेपालमा हाल दुई हजार ६५ अनलाइन दर्ता भई सञ्चालनमा रहेको काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button