रेडियो नेपाल ७० औं वर्षमा प्रवेश
काठमाण्डौ । मुलुकको पहिलो प्रसारण संस्था रेडियो नेपाल आज ७० औंं वर्षमा प्रवेश गरेको छ । २००७ साल चैत्र २० गतेदखि औपचारिक प्रसारणको सुरुवात गरेको रेडियो नेपाल हाल मिडियम वेभ, २४ वटा एफएम रिले स्टेसन ९८, १०० र १०३ मेगाहर्जसँगै अनलाईन www.onlineradionepal.gov.np र www.radionepal.gov.np मार्फत विश्वभरी पढ्न, हेर्न र सुन्न सकिन्छ ।
रेडियो नेपालको ७० आंै वार्षिकोत्सवका अवसरमा एक सन्देश दिनुहुँदै सञ्चार तथा सुचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले बहुजातिय, बहुुभाषिक, बहुुसांस्कृतिक समाजमा हिमाल, पहाड र तराइलाई जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउन रेडियो नेपालको विशेष भुमिका रहेको बताउनुुभएको छ ।
मन्त्री ड.ा खतिवडाले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, नयाँ नेपालको नयाँ संविधान निर्माण गर्ने, २०७२ को भूकम्पदेखि हालको कोरोना भाइरसको संक्रमण रोकथाम, सतर्कता र सजगताको सन्देश र सूचना प्रवाह गर्ने जस्ता कार्यमा समेत रेडियो नेपालको योगदानलाई बिर्सन नसकिने सन्देशमा उल्लेख गर्नुुभएको छ ।
वर्तमानको प्रतिष्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो प्रविधिको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दाे समाचार र सूचना तथा जन चेतनामूलक कार्यक्रमहरु मनोरञ्जनप्रद ढङ्गले पस्कन सक्नु आजको माग रहेको भन्दै मन्त्री डा. खतिवडाले राष्ट्रप्रतिको दायित्वलाई पूर्णरुपमा निर्वाह गर्न तथा संसारका प्रचलनमा रहेको रेडियो प्रसारण शैली र व्यवस्थापन संरचनालाई समेत अवलम्बन गर्दै रेडियो नेपाल पनि सार्वजनिक प्रसारण संस्थातर्फ उन्मुख हुने क्रममा रहेको उल्लख गर्नुभएको छ ।
बदलिँदो समय, प्रतिस्पर्धा र यसले निर्वाह गरेको राष्ट्रिय दायित्व समेतलाई हेरेर यसको अन्तरिक जीवनलाई अझ बलियो बनाउनु आवश्यक रहेकोमा मन्त्री खतिवडाले जोड दिनुभयो । जटिल परिस्थितिमा कार्यालय परिसरमै क्वारेन्टाइनमा रही २४ सै घण्टा खटेर सरकारका नीति, निर्णय र सूचना प्रवाहमा पु¥याएको विशिष्ट योगदानका लागि सम्बद्ध सबैलाई धन्यवाद समेत दिनुुभयो ।
संचार तथा सुुचना प्रबिधि मन्त्रायलका सचिव एंव रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष दिपक सुवेदीले राष्ट्रिय दायित्व निर्वाहका निमित्त विश्वसनीय समाचार, स्तरीय र प्रभावकारी रेडियो कार्यक्रम एवम् समयसापेक्ष गीत सङ्गीतमार्फत् सरोकारवाला सबै पक्षहरूसँगको सहकार्यसहित रेडियो नेपाल अगाडि बढ्दै आएको उल्लेख गर्दे प्रतिस्पर्धी युगमा रेडियो नेपालले सुहाउँदो प्रविधिको उपयोग गर्दै मुलुकको सबै भू—भागमा आफ्नो पहँुच विस्तार गर्न यथोचित प्रयास गरिरहेको वताउनुुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुुरेशकुमार कार्कीले रेडियो नेपालले आफूलाई समय सापेक्ष परिवर्तन गर्दै श्रोताहरुको मनोभावना बुझी राज्यको नीतिअनुरुप सही, सत्यतथ्यपरक सूचना, समाचार तथा जनचेतनामूलक, शिक्षाप्रद र मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन गरी प्रसारण गरिरहेको उल्लेख गर्दै यस अभियानमा सहयोग गर्नुुहुने सबै प्रसारक, प्राविधिक तथा कर्मचारीहरुमा धन्यवाद व्यक्त गर्नुुभएको छ ।
उहाँले आगामी दिनमा पनि स्रोताहरुको साथ र सहयोग प्राप्त हुने र यस अग्रणी संचारमाध्यमलाई अझै समाज उपयोगी र सार्थक लोककल्याणकारी प्रसारण बनाउने प्रतिवद्धता व्यक्त गर्दै सबै शुभकामना सहित आभार प्रकट गर्नुुभएको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण रेडियो नेपालले यो वर्ष ७० औं बार्षिकोत्सवका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रम भने गरेको छैन ।
प्रकोपबाट मुक्ति मिलेर विश्व मानव सभ्यताले शान्तिको महसुस गरेपछि वार्षिकोत्सवका अवसरमा सदैव गर्दै आएको स्रष्टा सम्मान, दीर्घ सेवा पदक वितरण तथा कर्मचारीहरुलाई प्रोत्साहित र सम्मानित गर्ने कार्यक्रमको आयोजना गरिने रेडियो नेपालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्