तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सक्रमण हुन नदिन हेलम्बुमा सचेतना

मेलम्ची -सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना भाइरस बाट आफ्ना नागरिकलाइ बचाउनका लागि र विशेष गरि हेलम्बुमा भाइरस भित्रिनै नदिनका लागि सचेतना मुलक कार्यक्रमलाइ तिव्र बनाएको छ ।

पर्यटकिय क्षेत्र भएर पनि हेलम्बुमा धरै दुर्गम र बिकट गाउँहरु पनि छन् । कोरोना भाइरसले गर्दा गाउँका नागरिकहरु त्रसित भइरहेका बेला शहर तथा विदेश बाट आउने मानिसहरुको सँख्या पनि त्यतिकै छ । गाउँपालिकाले गाउँ मा पुगेर स्थानीय हरुको स्वास्थ परिक्षण गर्दैगर्दा हेलम्बुका नागरिकले स्थानिय सरकार भएको महशुस गर्न थालेका छन् ।

गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष, स्वास्थ्य कर्मि लगाएतका टोलि गाउँमा छिरेर हरेक सर्बसाधारण नागरिकको स्वास्थ्य परिक्षणमा लाग्दा स्थानियहरुमा स्थानिय सरकार भएको महशुस भएको हो ।

कोरोना संक्रमण बाट कसरी गाउँपालिकालाई जोगाउने र लागि हालेमा के गर्ने भन्ने पुर्व तयारीमा आफु ब्यस्त रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । नागरिकमा भएको जनु त्रास छ त्यसलाइ मेटाउन र केहि राहत मिलोस भन्नका लागि गाउँ गाउँमा गएर स्वास्थ्य परिक्षण गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।   गाउँ गाउँ मा डक्टर हरु सहितको टोलि पुगेर स्वास्थ्य परिक्षण गर्दा कुनै पनि ब्यक्तिमा कोरोना भाइरसको लक्षण तथा सक्रमण नभएको पाइएको छ । साथै विदेशबाट आएका हरु आफै क्वारेन्टाइनमा बसिरहेको पाइएको भन्दै शेर्पाले खुशि ब्यक्त गर्दै आ आफ्नो घरमै बसि सुरछित रहनुहुन आग्रह गर्नुभयो । स्वास्थ्य कर्मि सहितको टोलि ,हेलम्बु १ मेलम्ची घ्याङ्, डोङ्दीङ , लोक्पासी ,हेलम्बु ५को उर्ले्नि लगाएका बिकट गाउँमा पुगेर हेलम्बु गाउँपालिकाले स्वास्थ्य सुविधा दिइरहेको छ ।

गाउँ गाउँमा पुग्दा कोरोना भन्दा पनि डरले गर्दा गाउँका वृद्ध वृद्धा र बालकालिकामा नकारात्मक असर परेको भन्दै धेरै त्रसित नहुन र नडराउन उहाँले गाउँपालिका बासिहरुमा अनुरोध गर्नुभएको छ ।  एक जना पनि डाक्टर नभएको हेलम्बुमा अहिले गाउँपालिका आफैले हेलम्बु २ शेर्माथानको डा पासाङ छिरिङ लामा र हेलम्बु १ मेलम्ची घ्याङको कान्छाबाबु लामालाइ नियुक्त गरि अहिले परिचालन गरेको छ ।

स्थानिय सरकारले केहि गरेन भन्ने हरुको लागि विपद्को समयमा घरदैलो कार्यक्रम गरेर हेलम्बु नागरिकको मन जित्न प्रयत्न गरिरहेको छ । स्थानीय सरकारको आभास भयो भन्दै हेलम्बुका ती अति दुर्गम गाउँका मानिसहरुले अत्यन्तै खुशी ब्यक्त गरेका छन् । दुर्गम गाउँमा गएर बालबालिका र वृद्धवृद्धालाई मास्क र औषधी दिदै ,नडराउन र नआत्तिन आग्रह गर्ने गरेको अध्यक्ष शेर्पा बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button