धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु
धादिङ-धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खनियाबास गाउँपालिका वडा नं २ गोरगाङमा बुधबार लागेको चट्यानले ४२ वर्षीय रामसिंह तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
आफ्नै घरमा बसिरहेका बेला तामाङलाई हावाहुरीसहित आएको चट्याङ लागेको हो । चट्याङ लागेर खनियाबास गाउँपालिका वडा नं २ थलीटोलमा पार्वती तामाङ र मनकुमारी तामाङ घाईते भएका छन् । घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्