तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य वितरणमा एउटै मापदण्ड बनाउने सरकारको निर्णय

सरकारले देशभरका विपन्न वर्गका उपभोक्तालाई दैनिक अत्यावश्यक खाद्य वस्तुहरु सरल सहज रुपमा एकै किसिमको मापदण्ड बनाइ वितरण गर्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा स्थानीय तहका उच्च प्रतिनिधि समेत सहभागी बैठकले देशभरका विपन्न वर्गलाई एउटै मापदण्ड बनाएर खाद्य वस्तु वितरण गर्ने निर्णय गरेको हो ।

सरकारको लकडाउन सम्बन्धी आदेशका कारण दैनिक आय गरी जीवनयापन गर्ने तथा विपन्न वर्गका उपभोक्तालाई खाद्य वस्तु प्राप्त गर्न कठिन भएपछि दैनिक अत्यावश्यक खाद्य वस्तुहरु सरल सहज रुपमा एकै किसिमको मापदण्ड बनाई उपलब्ध गराउन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदेयश त्रिपाठी सहित काठमाडौं, ललितपुर, मध्यपुर ठिमी नगरपालिकाका प्रमुखहरु सहभागि बैठकले काठमाडौं उपत्यका भरि एकै रुपको खाद्य सामग्रीको मापदण्ड तयार गरी नगरपालिका र स्थानीय तहहरुले सोही मापदण्ड बमोजिम राहत वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले नगरपालिकाहरुको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सो बमोजिमको खाद्य सामग्री उपलव्ध गराउने, राहत वितरणको व्यवस्था सम्बन्धित वडाले संकलित तथ्यांकका आधारमा गर्ने निर्णय समेत गरेको छ ।

बैठकले काठमाडौं उपत्यका बाहिरका नगारपालिका तथा स्थानीय तहहरुले समेत सोही मापदण्डलाई आधार मानी राहत वितरणको व्यवस्था गर्न सक्ने सक्ने निर्ण गरेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता प्रकाश आहालले जानकारी दिनु भयो ।

बैठकमा मन्त्रालयका सचिवहरु सहितस्थानीय तहका उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button