तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस संक्रमणका यथार्थहरु

विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले सम्पूर्ण विश्वलाई गाँजि रहेको अहिलेको अवस्थामा यस विषयमा थाहानपाउने सायदै कोही होलान् ।

विश्वभरीका आमसञ्चार माध्यमहरु आफ्ना पाठक, स्रोता, दर्शकलाई कोरोना भाइरसको संक्रमणका सम्बन्धमा अधिक से अधिक जानकारी दिने कार्यमा निरन्तर जुटि नै रहेका छन् । परम्परागत आमसञ्चार माध्यमहरुसंगै नयाँ मिडिया तथा बिभिन्न सामाजिक सञ्जालहरु पनि अहिले यसमै केन्द्रित देखिन्छन् ।

कोरोना भाइरसको संक्रमण, हताहति र यसबाट पीडित तथा प्रभावितहरुको बारेमा सूचना तथा जानकारी प्रवाहमा कमीभएको अवस्थाअहिले होइन । तर कोरोना भाइरस र यसको संक्रमण नितान्त नयाँ विषय भएकोले प्रवाहित कतिपय जानकारी तथा सूचनाहरु आफैमा भ्रामक, अस्पष्ट, अपुरो रहने खतरा पनि त्यत्तिकै रहेको छ ।

यस्तो अवस्थामा सही, आधिकारिक र विश्वशनिय समाचार तथा सूचना प्रवाहले मात्र जारी संक्रमणलाई नियन्त्रणमा ल्याउन सघाउ पुग्छ, अन्यथा समाचार तथा सूचनाको प्रभाव प्रतिकूल हुनगई संक्रमण नियन्त्रणमा आउनुको सट्टा झन् फैलन सक्ने देखिन्छ । यसर्थ, कोरोना संक्रमणसंगै फैलन सक्ने यस सम्बन्धि भ्रमहरुको निवारणका लागि सर्वसाधारणले उठाउन सक्ने यस सम्बन्धि जिज्ञाशाहरुलाई एकत्रित गरि आधिकारिक स्रोतमार्फत सम्बोधन गर्नु सञ्चार माध्यमहरुको दायित्वहुन आउँछ ।

कोरोना संक्रमण सम्बन्धि वारम्वार सोधिने केहीप्रश्न र त्यसका उत्तरहरु
१. कोरोना भाइरस के हो ?
कोरोना भाइरस मानिस र जनावरलाई विरामीपार्ने वा ज्यानलिन सक्ने भाइरस परिवारका सदस्यहरु हुन् । धेरै प्रकारका कोरोना भाइरसहरुले मानिसको श्वासप्रस्वासमा सामान्यदेखि गम्भीर खालको संक्रमणहरु गराउँछ । यी भाइरसहरुले सामान्य रुघाखोकीदेखि MERS र SARS जस्ता गम्भीर खालका श्वाशप्रश्वाश सम्बन्धि रोगहरु ल्याउँछन् ।

२. मानिसमा संक्रमण गर्ने कोरोना भाइरस कतिप्रकारका हुन्छन् ?
मानिसमा संक्रमण गर्ने कोरोना भाइरस ७ प्रकारका हुन्छन् । विश्व भरि नै प्रायः मानिसहरु संक्रमित भइरहने चार प्रकारका कोरोना भाइरसहरु 229E, NL63, OC43, HKU1, जसले सामान्य रुघाखोकीकोको लक्षण देखाउँछन् र सामान्यताया महामारीको रुप लिंदैनन् । तिनिहरु सन् ६० को मध्यतिर मानिसमा देखा परेका हून् ।

यस अतिरिक्त, जनावरमा देखिने कोरोना भाइरस संक्रमण समय समयमा मानिसमा सर्दैगई मानिसमा लाग्ने कोरोना भाइरसको प्रकारमा थपिंदै जान्छन् , त्यसरी थपिंदै आएकाअन्य कोरोना संक्रमणहरुमा : MERS-CoV, SARS-CoV, र अहिले देखिएको 2019-nCoV हून् ।

३. के कोरोना भाइरस अहिले मात्रपत्तालागेको नयाँभाइरस हो ?
होइन । कोरोना भाइरसको संक्रमणमानिसमा सन् १९६० को मध्यतिर देखिएको थियो । जनावरमा पहिलेदेखि नै थियो । 2019-nCoV, र Covid-19 मात्र हालसालै पत्तालागेको हो ।

४. भाइरसको नाम कसरी कोरोना (Corona) नामाकरण गरिएको हो ?
काँडैकाँडा भएको टाउकोमा लगाउने ताज (Crown-like Spike) जस्तो देखिने भएकोले यसलाई कोरोना Corona नामाकरण गरिएको हो ।

५. कोरोना भाइरसलाई किन कोभिड नाइन्टिन Covid-19 भनेको के हो ?
कोरोना भाइरसको संक्रमणबाट हुने रोगलाई  Covid-19 भनिन्छ ।

६.कोभिड नाइन्टिन (Covid-19) का लक्षणहरु के के हुन् ?
सामान्य लक्षणहरु ज्वरो, थकानर सुख्खाखोकीहुन् । कुनै विरामीलाइ पीडा र दुखाइका साथै नाक बन्दहुने, सिंगानबग्ने, घाँटी दुख्ने र पखालापनिलाग्ने गर्दछ । ती लक्षणहरु पहिला सामान्य हुन्छन् र विस्तारै बढ्दै जान्छन् । कुनै मानिसलाइभने लक्षण नदेखिएपनि संक्रमण भइ रहेको हुन सक्छ ।

७. के कोरोना भाइरसको संक्रमण भएका सबै ब्यक्ति हताहत हुन्छन् ?
हुँदैनन् । कोरोना भाइरसको संक्रमण भएका ८० प्रतिशत मानिसहरु विशेष उपचार नै नगरि ठीक हुन्छन् । प्रत्येक ६ जना संक्रमितमा १ जनामात्र श्वासप्रश्वासमा कठीनाई महशुस गरि गम्भीर अवस्थामा पूग्दछ ।

८. कस्ता कस्ता मानिसहरु यसबाट बढी प्रभावितहुने खतरा रहन्छ ?
उमेर बढी भएका, पहिले नै मधुुमेह, उच्च रक्ताचाप , मुटु रोगीहरुमा यो संक्रमणले गम्भीर स्थिति ल्याउने सम्भावन बढी रहन्छ ।

९. कस्तो अवस्थामा चिकित्सकको परामर्श जरुरी हुन्छ ?
ज्वरो, खोकी र श्वासप्रश्वासमा कठीनाइ आएमा चिकित्सक वा उपलब्ध स्वास्थ्यकर्मीको परामर्श लिनु पर्छ ।

१०.कोभिड नाइन्टिन (Covid-19) कसरी सर्छ ?

Covid-19 संक्रमति एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा सर्छ । संक्रमित ब्यक्तिले हाछ्युँगर्दा उसको मुख तथा नाकबाट निस्केको छिटाहरुको सम्पर्कमा आए सर्छ । साथै, संक्रमितब्यक्तिले थुकेको, खकारेको ठाउँमा छोएर त्यही हातले मुख तथा नाकमा चलाउँदा यो सर्ने गर्दछ ।

११. संक्रमितब्यक्तिसंग कत्तिको दूरी राख्नु पर्दछ ?
एक मिटर अथाव ३ फिट

१२. के Covid-19 हावा बाट सर्छ
बिश्व स्वास्थ्य संगठन WHO ले अहिलेसम्म गरेको अध्ययनअनुसार यो हावाबाट नसर्ने बताएको छ ।

१३. केही लक्षण नदेखिएका ब्यक्तिहरुबाट पनि यो सर्ने सम्भावना हुन्छ ?
सामान्यतया संक्रमितब्यक्तिले खोक्दा, हाछ्यूँगर्दा त्यसवाट निस्कने छिट्टाहरुको सम्पर्कमा पुग्दा यो सर्ने भएकोले लक्षण नै नदेखिएका ब्यक्तिबाट सर्ने सम्भावना रहँदैन । तर कोही कोहीमा लक्षणहरु नदेखिने सम्भावना समेत रहेकोले , ज्वरो नआएका र सामान्य खोक्ने ब्यक्तिहरु जो संक्रमितहुन सक्छन् उनीहरुबाट सर्न सक्छ ।

१४. संक्रमितब्यक्तिको दिशाबाट सर्छ ?
सामान्यतया संक्रमित ब्यक्तिको दिशाबाट यो सर्ने सम्भावना न्यून हुन्छ । यस सम्बन्धमा अध्ययनहरु जारी छ । तर पनि जोखम रहेकोले शौचालय प्रयोग गरिसके पछि सावुनपानीले हातधुनु पर्छ ।

१५. के कोरोना भाइरस जैविक हतियारका रुपमा प्रयोगशालामा उत्पादन भएको हो ?
कतिपयले चीन र अमेरिकाले जैविक हतियारका रुपमा यसलाई विकास गर्दा जानाजान वा भूलवस यो फैलन गएको हुन सक्ने भनि अनुमान गरेपनि यो खालि Conspiracy Theory मा मात्र सीमित रहेको र कसैले यो दाविलाइ पुष्टि गर्ने ठोस प्रमाण दिन सकेका छैनन् ।

१६. के Covid-19मा एन्टिवायोटिक्स प्रभावकारी हुन सक्छ ?
हुँदैन । एन्टिवायो्टिक्सले जीवाणुहरु (Bacteria)को संक्रमणमा मात्रकाम गर्छ । भाइरस जीवाणु होइन

१७. के Covid-19 विरुद्ध कुनै खोप , औषधिवाउपचार छ ?
अहिले सम्म न त यसका बिरुद्ध खोप नै विकास भएको छ न त कुनै एन्टि भाइरल औषधि नै बनेको छ । खोप तथाऔषधि विकासमा बैज्ञानिकहरु जुटिरहेका छन् ।

१८.Covid-19 सन् २००३ मा फैलिएको SARS एउटै रोग हो?
होइन । यिनिहरु जेनेटिकल्लि सम्बन्धितभएपनि फरक फरक रोग हुन् । SARS अझ घातक हो तर Covid-19 जतिको महामारीको रुपलिने खालको होइन । सन् २००३ पछि फेरि यो देखिएको छैन ।

१९. संक्रमण भएपछि कतिदिन पछि लक्षणहरु देखिन थाल्छ ?
१ देखि १४ दिन सम्ममा लक्षण देखिन्छ । प्राय ५ दिनतिर यसका लक्षणहरु देखिने ध्ज्इ ले जनाएको छ ।

२०. घर पालुवाजनावरहरुले Covid-19 सार्न सक्छन् ?
अहिले सम्मत्यस्तो कुनै प्रमाणहरु भेटिएको छैन । हकंगमा घरमा पालेको एउटा कुकुर यसबाट संक्रमितभएको पाइएपनि कुकुर, विरालोबाट मानिसमा सरेको अन्यकुनै घटना वाहिर आएको छैन ।

२१.Covid-19 को घटना देखिएका क्षेत्रहरुबाट माल सामानहरुको प्याकेट प्राप्तगर्दा सुरक्षित हुन्छ ?

हुन्छ ।किनभने, त्यस्ता सामान संक्रमित ब्यक्तिको सम्पर्कमा आउने सम्भावना कम हुन्छ । साथै, बिभिन्न तापक्रममा बिभिन्न चरणहरु पार गर्र्द सामानको प्याकेट प्राप्तहुने भएकोले त्यसमा भाइरस रहने सम्भावना कम हुन्छ । धेरै शंकालागेमा प्याकेटलाइ Disinfectगर्न Spray गर्न पनि सकिन्छ ।

२२. Covid-19 रोग ल्याउने कोरोना भाइरसको संक्रमणको स्रोत पत्ता लागेको छ ?
छैन । प्रमाणहरुले यसको स्रोत जनावारहरु नै रहेको देखाएको र यस्ता भाइरसहरु चमेराहरुमा रहने गरेको विश्वाश गरिएको छ , तर यही जनावरबाट यो सरेको हो भन्ने कुनै आधिकारिक प्रमाण भने फेला परि सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button