बाँकेमा २५ जना कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

बाँके । बाँकेमा थप दुई जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ ।
कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेका दुई जनाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि (मांगल) काठमाडौं पठाइएकोमा दुई वटै नमुनाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यो संगै बाँकेबाट अहिलेसम्म पठाइएका सबै २५ जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्