सुनसरीमा एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु
सुनसरी ।सुनसरीको इनरुवा नगरपालिका वडा नंं. ६ मा एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
पश्चिमबाट पूर्बतिर आउदै गरेको को १ च ९६०५ नम्वरको एम्बुलेन्सको ठक्करबाट सोही ठाउकी वडा कार्यलयको स्वास्थ्य साखामा कार्यरत ३५ बर्षीया रत्ना श्रेष्ठको ज्यान गएको हो ।
एम्बुलेन्सको ठक्करबाट गंभिर घाइते श्रेष्ठलाई उपचारका लागि बिराटनगर स्थित न्यूरोअस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्सका चालक मोरङको सुन्दरहरैचाका ४० बर्षीय चन्द्र राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता बिनोद शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्