भरतपुर कोरोना अस्पताल : सोमबार पठाईएको ११ जनाकै रिपोर्ट नेगेटिभ
चितवन-भरतपुर कोरोना बिशेष अस्पतालबाट पठाइएको ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सक्रमण नमुना परीक्षण पठाईएको मध्ये ७ जना नवलपुरका विरामी रहे्का छन भने ४ जना चितवनका रहेका छन ।
अस्पातलका अनुसार नवलपुर जिल्लाबाट सुजिना चन ठकुरी, दिपक थनेत, रश्मि सेन ठकुरी, निशान सेन ठकुरी, , सरस्वती सेन ठकुरी ,चित्र बहादुर चिडी मगर, मिना कुमारी चिडी मगरको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै चितवनका विरामी चन्द्र बहादुर बिक, बिष्णु प्रसाद पौडेल भोलानाथ पाण्डे र महिमा महत्तोको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
आज(मंगलबार) २ जनाको स्वाव परीक्षणको लागि काठमाडौ पठाइएको छ । हाल उक्त अस्पतालबाट ३८ जनाको स्वाब परीक्षणको लागि पठाइएको मध्ये ३६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालमा ओपिडी , आइसोलेसन गरी २३४ जनाले सेवा लिईसकेका छन । हाल अस्पतालमा १३ जना उपचारार्थ छन ।
प्रतिक्रिया राख्नुहोस्