लकडाउनबाट प्रभावित बिराटनगरका विपन्न तथा असहायहरुलाई खाना खुवाउन शुुरु
बिराटनगर । लकडाउनबाट प्रभावित बिराटनगरका विपन्न तथा असहायहरुलाई खाना खुवाउन शुुरु गरिएको छ ।
बिराटनगर महानगरपालिकाको अगुुवाईमा श्री श्याम परिवार बिराटनगरले असहाय असक्त सडकमा बसेर माग्ने र अतिबिपन्न पाँच सय जनालाई आज खाना खुुवाइएको महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले बताउनुुभयो ।
लकडाउनको अवधिभर श्याम परिवारको सहयोगमा उनिहरुलाइ खाना खुुवाउने व्यवस्था मिलाइएको मेयर पराजुुलीले बताउनुुभयो ।
बिटनगरको शनिहाट, तिनपैनी, कंचनवारी, बसपार्क, बरगाछी , अस्पतालचौक तथा विराटनगर–जोगवनि नाकामा रहेका विपन्न तथा असक्तहरुलाई खानाको व्यवस्था गरिएको संस्थाका अध्यक्ष प्रभुुदयाल तोदीले बताउनुुभयो ।
प्रतिक्रिया राख्नुहोस्