नौँ सय सवारीका साधन नियन्त्रण, लकडाउनपछि जरिवाना गरेर छोडिने
घोराही । दाङमा बितेको एक हप्तामा नौँ सय सवारीका साधन नियन्त्रणमा लिइएको छ । सरकारले लकडाउन सुरु गरेपछि अबज्ञा गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा नौँ सय १३ सवारीका साधन नियन्त्रणमा लिइएको हो ।
चैत्र ११ गतेदेखि १७ गतेसम्म सवारीका साधन चलाएर लकडाउन अबज्ञा गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका बिटको सक्रियतामा सवारीका साधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै मालिकलाई दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लकडाउन सकिएपछि जरिवाना गरेर मात्रै सवारी साधन मालिक दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ । ट्राफिकका अनुसार सबैभन्दा धेरै मोटरसाइकल नियन्त्रणमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्यांक अनुसार एक हप्तामा सात २६ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै ५६ वटा ट्रक रहेका छन् भने जीप÷कार र स्कुटी ३६÷३६ वटानियन्त्रणमा रहेका छन् ।
यसैगरी अटो २३, ट्रयाक्टर १८, टिप्पर १०, बस ८ र जेसिबी एक गरी नौँ सय १३ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय दाङले एक सय पाँच जनालाई पनि नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।
लकडाउन अबज्ञा गरेका उनीहरुलाई चेतावनीसहित छोडिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्