कोशीमा आगलागी
सुनसरी-गाउँपालीका वार्ड नम्बर ३ पश्चिम् कुशाहामा भीषण आगलागी भएको छ । साझ खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट आगलागी हुँदा ७ वटा घर जलेर नस्ट भएको हो । स्थानीय डोमि यादवको घरबाट खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगो लागेको सिमा सुरक्षा बल श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक देबेन्द्र मैनालीले बताउनुभयो ।
मैनालीले आगलागीमा जम्मा ७ वटा घर पुर्ण रूपमा जलेर नस्ट भइसकेको बताउनुभयो । सो आगलागीमा परेको स्थानीय लाल चन्द्र सरदार , प्रदिप सरदार ,राम सरदार ,कम्ती लाल सरदार र डोमि यादवको घर जलेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण गर्नका लागी नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयवासी लगायतले आगो नियन्त्रण गरिरहेको थियो भने इनरुवा , इटहरी , र बराहक्षेत्र नगरपालिकाको दमलले पुर्ण रूपमा आगो नियन्त्रण गरिएका थियो । सो आगलागीमा ३० लाख बराबर क्षती भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्