तपाईँ सुन्दै हुनुहुन्छः

कारोबार बन्दलाई निरन्तरता दिन धितोपत्र बोर्डको निर्देशन

सेयर बजारको कारोबार बन्दलाई निरन्तरता दिन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको भन्दै लकडाउनको अवधीसम्म बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिनु भयो ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले पाँच कारेवार दिनका लागि बजार बन्द गराएको थियो ।

नेपाल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बार्डको निर्देशन बमोजिम आगामी चैत्र २५ गते सम्मका लागि शेयर बजारको कारेबार स्थगित गरेको जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिहं साउदले चैत्र २५ गते सम्मका लागि शेयर कारेवार बन्द गर्ने निर्णय गरी सूचना गरेको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button