तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा अनलाइन कारोवारलाई प्रोत्साहन

काठमाडौँ । नेपाल राष्ट बैंकले वित्तीय कारेवार गर्दा अनलाइन कारेवारलाई विशेष प्रथमिकता दिन बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट बैंकले आइतबार बैक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको निर्देशनमा वित्तीय कारेवारलाई प्रभावकारी बनाउन विद्युतीय कारेवारलाई प्रोत्साहन गर्न भनेको हो ।

राष्ट बैकले विद्युतीय माध्यमबाट वित्तीय सेवा प्रदान गर्न प्रोत्साहनका लागि २०७७ साल असार मसान्तसम्म त्यस्तो सेवा प्रदान गर्दा कुनै पनि शुल्क नलिन बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको नेपाल राष्ट्र, बैक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताउनुभयो ।

नेपाल सरकार मन्त्रिपरिषदको आइतबारको बैठकले दूर सञ्चार कम्पनीले ‘लकडाउन’को अवधिमा इन्टरनेट र डाटा प्रयोग गर्नेलाई २५ प्रतिशत छूट दिनु पर्ने निर्णय गरेको छ । निजी सेवा प्रदायकले समेत यस्तो छूट दिने व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button