तपाईँ सुन्दै हुनुहुन्छः

एक अस्पतालसहित चार वटा स्थानीय तहमा मात्रै आइसोलेसन कक्ष

मेलम्ची । जिल्ला सुरक्षा समिति अन्तरर्गतको अप्रेसन फोर्सको बैठकले एक अस्पतालसहित चार वटा स्थानीय तहमा आइसोलेसन कक्ष भएको तथ्यांक सार्वजनिक गरेको छ ।

१२ स्थानीय तहमध्ये पाँच वटा पालिकामा मात्रै आइसोलेसन कक्ष निर्माण गरिएको छ । तीन नगरपालिका र दुई गाउँपालिकामा मात्रै आएसोलेसन कक्ष निर्माण भएको हो ।

मेलम्ची, बाह्रविसे, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, इन्द्रावती गाउँपालिका र सिन्धु सदाबहार अस्पतालमा मात्रै आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

तथ्यांकअनुसार मेलम्ची नगरपालिकामा चार बेडको आइसोलेसन र ३० बेडको क्वारेन्टाइन छ ।

त्यस्तै इन्द्रावतीमा ६ बेड, बाह्रविसेमा ९ र सिन्धु सदावशार अस्पतालमा ८ बेडको आइसोलेसन कक्ष रहेको छ । त्यस्तै बलेफी गाउँपालिकामा २ वेडको आइसोलेसनसहित १६ बेडको ब्वारेन्टाइन तयार गरिएको छ ।

जिल्लाको हेलम्बुमा २० बेड, पाँचपोखरी थाङ्पालमा २० बेड, चौतारामा १४ बेड, त्रिपुरासुन्दरीमा २४ बेड, लिसंखुपाखरमा १० बेड र सुनकोशीमा २८ बेडको क्वारेन्टाइन तयारी भइसकेको छ ।

जिल्लाको जुगल र भोटेकाशी गाउँपालिका अझैसम्म आइसोलेसन कक्ष र क्वारेन्टाइन निर्माण भएको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button