तनहुँको भानुमा मृत भेटियो चितुवा
तनहुँ -तनहुँको भानु नगरपालिकाको वडा नं ९ पुर्कोट स्थित पिपलपानीमा मृत अवस्थामा चितुवा भेटिएको छ । करिब दुई वर्ष उमेरको २० किलोग्राम जति तौल भएको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
मृत अवस्थामा भेटिएको चितुवा पोथि चितुवा रहेको प्रमुख बरालले जानकारी दिनुभयो । चितुवाको बाहिरी चोटपटक केही नभएको प्रमुख बरालले बताउनुभयो । यसैबीच मृत अवस्थामा भेटिएको चितुवालाई डिभिजन वन कार्यालय तनहुँको टोलीले दमौली स्थित डिभिजन वन कार्यालय तनहुँक परिसरमा गाडिएको छ ।
यसअघि गत मङ्सिर ४ गते व्यास(१ मुसेखोलामा चितुवा मृत अवस्थामा फेला परेको थियो । उक्त चितुवा ढाड भाचिएको अवस्थामा फेला परेको थियो ।
प्रतिक्रिया राख्नुहोस्