तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत कोरोना अस्पतालका यूवाको रिपोर्ट नेगेटिभ

पर्वत -पर्वत कोरोना अस्पतालमा भर्ना भएका एक यूवाको स्याव परिक्षण नेगेटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका ती युवाको रिर्पोट नेगेटिभ आएको हो । उनी कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको पर्वत अस्पतालका प्रमुख डा. शिशीर देबकोटाले जानकारी दिनुभयो । उनलाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालमा राखेर स्वाब परिक्षणका लागि पठाइएको थियो ।
उनी बागलुङ्ग जिल्ला घर भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बस्दै आएका थिए । पर्वत कोरोना अस्पतालमा भर्ना भएकी विहादी गाउँपालिकाकी अर्की महिलाको भने रिर्पोट आएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button