आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने
काठमाडौं । गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा आपूर्ति व्यवस्थापनलाई सहज बनाउने विषयमा छलफल भएको छ । छलफलमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवज्यूहरु, महानगरपालिका तथा नगरपालिकाका प्रमुखज्यूहरु लगायतको उपस्थिति रहेको थियो । सो छलफलमा खाद्यान्नको आपूर्तिलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । बैठकले गरेका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
निर्णयहरु
१) आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने ।
२) विक्री वितरण गर्दा न्यूनतम १ मिटरको दुरी कायम गर्ने (क्यअष्ब िम्ष्कतबलअष्लन) गरी स्थानीय तहले मापदण्ड बनाउने ।
३) आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने ।
४) वडास्तरीय समितिले आफ्नो वडा भित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने ।
५) स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी ऋयmदय एबअपबनभ बनाई बिक्री वितरण गर्ने ।
६) हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको एबअपबनभ उपलब्ध गराउने । सहयोगको एबअपबनभ बनाउदा ४ जना सम्म सदस्य भएको परिवार र ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई पुग्ने गरी २ प्रकारको बनाउने ।
७) कुनै निकायरसंघरसंस्थारव्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने। स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।
८) सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने ।
९) वितरणमा दोहोरोपना हुन नदिने ।
१०) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने ।
प्रतिक्रिया राख्नुहोस्