कोभिड १९ को सहायता कक्ष स्थापना
चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय, नारायणगढको संयुक्त पहलमा कोभिड १९ सचेतना सम्बन्धि नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
उक्त सहायता कक्षले लकडाउनका कारण विचल्लीमा परेका यात्रुलाई खाजा खुवाउने व्यवस्था गर्ने काम शुरु गरेको हो । लकडाउनका कारण लामो दुरीको पैदल यात्रा गर्ने मजदुरलाई लक्षित गरी निशुल्क खाजा एवं परामर्श दिन सहायता कक्ष स्थापना गरिएको प्रवत्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
उक्त व्यवस्था स्थानीय समाजसेवी र व्यवसायीहरुको पहलमा गरिएको हो । साथै सहायता कक्षमा त्यस्ता यात्रुलाई आराम गर्ने व्यवस्था मिलाउनुका साथै हातधुने व्यवस्था मिलाइएको कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्