तपाईँ सुन्दै हुनुहुन्छः

यशुको नाउंँमा अफवाह फैलाउने महिला पक्राउ

चितवन । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस ठिक पार्र्दिन्छु भन्दै यशुको नाउंँमा अफवाह फैलाउने एक महिलालाई चितवन प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका वडा नम्बर ७ जगन्नाथपुरी बस्ने बर्ष ३८ की जानकी ढुङगाना रहेकी छिन । उनले येशुलाई विश्वास गर्नुस् तपाईहरुलाई केही हुँदैन, हाल फैली रहेको कोरोना भाईरसले समेत छुन सक्दैन भनि स्थानियलाई भ्रम फैलाउंँदै हिंँडेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ,चितवनका प्रवत्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

कोइराला अनुसार पक्राउ परेकी महिलालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहारमा आज मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button