तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसबारेका यी तथ्य जुन संसारले थाहा पाउनै बाँकि छन्

कोरोना भाइरसको सन्त्रास विश्व भर फैलिरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण ३२ हजार भन्दा बढीले ज्यान गुमाइसके भने संक्रमितको संख्या ६ लाख ८० हजार नाघेको छ ।

कोरोना भाइरसको संक्रमणबाट कुनै देश अछूतो नरहे पनि, हामीले के भुल्नु हुदैँन भने यो भाइरस फैलन थालेको मोटामोटी ४ महिना मात्र भएको छ । यस कारण यो भाइरसकोबारे धेरै कुरा पत्ता लाग्न अझै बाँकी नै छ ।

बिबिसका स्वास्थ तथा विज्ञान संवादाता जेम्स ग्यालाहारका अनुसार हामी सबै कोरोना भाइरसको बारे उठेका प्रश्नहरुको उत्तर पत्ता लगाउन भइरहेको विश्वव्यापी वैज्ञानिक प्रयोगको पात्रहरु भएका छौँ ।

ग्यालाहारले कोरोना भाइस र यसको संक्रमणकाबारे विभिन्न जटिल र अनउत्तरित प्रश्नहरु विज्ञान जगतले उठाएको बताउनु भएको छ ।

१. विश्वभर कति व्यक्ति संक्रमित रहेका छन् ?
यो सुन्दा साधारण तर वास्तवमा महत्वपूर्ण प्रश्न हो ।संसार भर हजारौँमा संक्रमण देखिए पनि लक्षण नदेखाउने संक्रमितको संख्या अझै उच्च रहेकाले परिक्षणले देखाएको भन्दा धेरै संक्रमितहरु रहेका, वैज्ञानिकहरुको बुझाई छ ।कुल संक्रमित संख्याको ठोस परिणाम आउने अझै समय लाग्ने, वैज्ञानिकहरुले बताएका छन् ।

२. यो कति खतरनाक छ ?
हालको तथ्यांकले कुल संक्रमितको संख्याको एक प्रतिशत मृत्यु दर रहेको देखाए पनि लक्षण नदेखाउने संक्रमित धेरै रहेकाले मृत्यु दर अझै कम रहेको, वैज्ञानिकहरुले अनुमान लगाएका छन् ।

३. यसको लक्षणका प्रकारहरु ?
यसको मुख्य लक्षण ज्वरो र सुख्खा खोकी भए पनि धेरै संक्रमितमा घाँटी दुख्ने र पखाला लाग्ने जस्ता लक्षणहरु पनि देखिएका छन् । केही संक्रमितमा गन्ध लिन नसक्ने समस्या पनि देखिएको छ । कोरोना भाइरसको सक्रमण किन जटिल छ भने केही विरामीमा रुघा लाग्ने र हाछ्यूआउने जस्ता लक्षणहरु पनि देखिएका छन् ।

४. महामारी फैलाउन बालबालिकाको भूमिका ?
बालबालिकामा कोरना भाइरसबाट संक्रमित भए पनि उनीहरुले मन्ध र
साधरण लक्षणहरु देखिन्छन् । बालबालिकामा मृत्युदर पनि अत्याधिक कम रहेको पाइएको छ । बालबालिकाहरु आफुमा धेरै घुल्मिल्छन् । यसकारण उनीहरुले रोगहरु धेरै फैलाउँछन् । तर कोरना भाइरस फैलाउनुमा उनीहरुको भूमिका कस्तो रहेको छ पत्ता लगाउने बाकीँ छ ।

५. यसको उत्पत्ति कहाँ भएको हो ?
कोरना भाइरस गत नोभेम्बर महिना को अन्तय तिर चीनको उहान सहरको एक मासू–माछा पाउने बजार क्षेत्रबाट सुरु भएको मानिन्छ ।

कोरना भाइस सग मिल्दो जूल्दो भाइरस चमेरोमा पनि पाइएको छ । तर चमेरोबाट सिधै मानिसकाभन्दा चमेरोबाट अर्काे एक हाल पत्ता नलागेको स्तनधारी जीवमा सरेर मानिसहरु यो संक्रमित भएको बुझिन्छ । उक्त अपरिचित जनावरबाट पून कुनै महामारी नफैलिन नदिन पनि त्यस जनावरबारे थाहा पाउन जरुरी छ ।

६. गर्मीमा यसको सक्रमण घट्ला त ?
रुघाखोकी को समस्या जाडो महिनामा बढी हुन्छ र गर्मी मौससमा कम तर कोरना भाइरसको संक्रमण रोक्नु अथवा कम गर्नु मौसमको कस्तो प्रभाव रहन्छ बुज्न बाँकी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

७. किन कोही मानिसमा यसको असर बढी हुन्छ ?
कोरोना भाइरसको धेरै जसो संक्रमण साधारण र मन्ध हुन्छन । तर प्रतिशत संक्रमितहरुमा यसको असर बढी देखिन्छ । यसमा मानिसको रोग प्रतिरोधात्मक शक्ती र बंशाणूगत कारणले असर पार्ने देखिए पनि वैज्ञानिकहरुले यो प्रश्नको ठोस प्रमाण खोजी रहेको छन् ।

८. यस विरुद्दको प्रतिरोधात्मक शक्ती कतिसम्म रहन्छ र यो बल्झिन्छ कि बल्झिदैन ?
मानिसको शरीरमा कुनै पनि रोग लागे पछि त्यस विरुद्दको प्रतिरोधात्मक शक्ती सृजना गर्दछ । तर कोरोना भाइरस विरुद्दको यस्तो शक्ती कति टिक्छ भन्ने प्रश्नका अनुसन्धान भइरहको छ । भाइरस नयाँ भएकाले यसबारे धेरै बुझ्न बाँकी नैे छ । तर दो–याएर लागेको भनेर आएका प्राय घटनाहरुमा प्ररिक्षणको खराबी देखिएको छ ।

९. के यो भाइस विरुद्द खोप बनाउन सकिन्छ ?
भाइरसहरु परिवर्तनशिल हुन्छन् । तर थोरै स्वरुप परिवर्तनले खासै फरक पारेको देखिदैन । तर यदि कूनै भाइरस धेरै नै परिवर्तन हुन्छ भने त्यस विरुद्दको खोप प्रभावकारि हुदैन । कोरोना भाइरस कति परिवर्तनशिल छ भन्ने थाहा पाउँन थप अनुसन्धान चाहिने वैज्ञानिकहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button