तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना त्रासः हेटौँडाका मन्दिरमा ताल्चा, पूजापाठ बन्द

बिश्व अधिकारी, मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) असर मकवानपुरका धार्मिक क्षेत्रमा समेत परेको छ ।

कोरोना भाईरस नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशको राजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ ।

हेटौडा ४ स्थित पशुपतिनाथ मन्दिर तथा भुटनीदेवी मन्दिरलगायत अन्य महत्वपूर्ण मन्दिरमा तालाबन्दी गरी पूजापाठ बन्द भएको छ । ती मन्दिरको मुख्यद्वारमा सूचना टाँसेर पूजापाठ बन्द भएको जनाइएको छ ।

सुचना टाँस गरिएपछि मन्दिरमा पूजापाठका लागि पुगेका दर्शनार्थी फर्किएको बताइएको छ । पूजापाठका लागि आउने भक्तजनको भीडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मन्दिरको पूजापाठ अनिश्चितकालका लागि बन्द गरिएको मन्दिर व्यवस्थापन समितिहरुले जनाएका छन् ।

हेटौंडाका पत्रपत्रिका बन्द
हेटौँडाबाट प्रकाशित हुने आधा दर्जन स्थानीय पत्रपत्रिका पनि बन्द भएका छन् । लक डाउनको आज छैठौंँ दिन पनि हेटौँडाका मुख्यबजार र गल्ली सुनसान छन् ।

दूध, फलफूल, तरकारी तथा फोहर बोकेका गाडीमात्र चलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लकडाउनको अवज्ञा गर्ने विगत पाँच दिनमा २५० बढी सवारी साधनलाई कारवाही गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button