तपाईँ सुन्दै हुनुहुन्छः

नुन, चामल तथा खाद्यान्नको प्रयाप्त मौज्दात रहेको छ : उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय

काठमाडौँ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले सरकारी संस्थाहरुबाट आपूर्ति हुने नुन, चामल तथा खाद्यान्नको प्रयाप्त मौज्दात रहेको र आपूर्ती समेत निरन्तर भइरहेको जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ती मार्फत चैत्र १५ गते सम्ममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्र्तगत २४ हजार छ सय १६ मेटिक टन चामल ,छ छ सय ७० क्वीनटल तिते फापर, छ सय ५४ क्वीनटल कर्णालीको सिमि मौज्दात रहेको जनाएको छ ।

त्यसैगरी साल्ट टेडिड.करपोरेशन अन्र्तगत चिनि सात हजार छ मेट्रिक टन र नुन एक लाख ६५ हजार आठ सय २२ मेट्रिक टन मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।

चामलको उल्लिखित कुल मौज्दातले बजारको तीन महिनाको मागलाई धान्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिते फापर र जुम्लाको सिमी सुर्खेत र काठमाडौंबाट बेच्दै आएको समेत उल्लेख गरेको छ ।

मन्त्रालयले साल्ट टेडिड करपोरेशन अन्तर्गत काठमाडाँै तथा देशका बिभिन्न दुर्गम जिल्लाहरुका ३३ डिपोहरुमा रहेको एक लाख ६५ हजार आठ सय २२ मेट्रिक टन मौज्दात नुनले मुलुकको १० महिनाको माग धान्न सक्ने पनि जनाएको छ ।

त्यसैगरी मुलुकको लागि मार्च एक महिनाको लागि आवश्यक खाना पकाउने ग्यास मध्ये हालसम्म ४० हजार दुई सय ८३ मेट्रिक टन ग्यास आपूर्ती भइसकको छ भने केही आउने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगमका विभिन्न डिपोहरुमा चैत्र १५ गतेसम्ममा डिजेल २१ हजार नौ सय तीन किलो लिटर, पेटोल सात हजार एक सय ४७ किलो लिटर मौज्दात रहेको पनि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button