सिरहा कारागारबाट छाडिए २१ कैदीबन्दी
लहान । कारागारमा ठूलो संख्यामा कोचाकोच गरि कैदीबन्दीलाई राख्दा कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ ।
ल्ला अदालत सिरहाको आदेशमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर वविता महतोले जानकारी दिनुभयो ।
अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी समयवापतको रकम तिराएर छाड्न दिएको आदेशअनुसार कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताउनुभयो ।
कुल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिला सहित ५५१ कैदीबन्दी छन् । एक जनामा पनि संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिइएको र संक्रमणबाट बच्ने उपायबारे सचेत गराइएको जेलर महतोको भनाइ छ ।
नेता यादवबाट साबुन र स्यानिटाइजर वितरण
लहान, नेकपा सप्तरीका युवा नेता प्रमोदकुमार यादवले व्यक्तिगत रुपमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई स्यानिटाइजर र साबुन वितरण गर्नुभएको छ ।
उहाँले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेन्टाइनका लागि स्यानिटाइजर तथा साबुन वितरण गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्