पर्वतको मोदीखोलामा कलडाउनको बेला माछा मार्ने पक्राउ
पर्वत-लक डाउनको मौका छोपेर मोदीखोलामा माछा मार्ने क्रम बढ्दै गएको छ । प्रहरीको ध्यान बजारमा लकडाउन कार्यान्वयन गर्न गईरहँदा अवैध रुपमा माछा मार्र्न खोलामा पस्दै गएका छन् । जनगुनासो पछि प्रहरीले खोजतलास गर्दा करेन्ट लगाई माछा मार्ने छ जना युवा पक्राउ परेका छन् ।
कलडाउनको बेला करेन्ट लगाएर माछा मारेको अबस्थामा पर्वतको कुश्मा नगरपालिका ८ स्थित मोदीखोलामा करेन्ट लगाई माछा मार्ने उनीहरुलाई शनिवार पर्वत प्रहरीले पक्रिएर सार्वजनिक गरेको हो ।
माछा मार्ने क्रममा करेन्ट लगाउन प्रयोग हुने सामान सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कुस्मा नगरपालिका –८ अम्बोटका ३१ बर्षिइ दिनेश थापा मगर, ३७ बर्षिय राजु थापा मगर, २९ बर्षिय विष्णु थापा मगर , २१ बर्षिय समिर क्षेत्री, ३६ बर्षिय दुर्गा पौडेल र ३८ बर्षिय मिसन पौडेल रहको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्