तपाईँ सुन्दै हुनुहुन्छः

कतार एयरवेजबाट आएका चितवनका ५ जना यात्रुको रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर कोरोना बिशेष अस्पतालमा कतार एयरवेजबाट आएर भर्ना भएका चितवनका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु बाहेक अन्य ६ जनाको समेत रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

बिहीबार ती यात्रुको स्वाब काठमाडौं पठाईएको थियो । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट आएपछि घर पठाउन लागिएको अस्पतालका प्रवत्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो । अस्पतालले नयांँ भर्ना भएका ४ जना बिरामीको स्वाब परीक्षणको लागि आज काठमाडौं पठाइएको छ । हालसम्म उक्त अस्पतालमा स्वाब परीक्षणमध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १सय ६७ जनाले सेवा लिईसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button