तपाईँ सुन्दै हुनुहुन्छः

‘विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश’

भुवनप्रसाद आचार्य । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ ।

शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दी तर्फ गएको बताउनु भयो ।

उनका अनुसार यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ । विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको भन्दै क्रिस्टालिनाले यसबाट पार पाउन विशेष गरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताउनु भयो ।

आईएमएफ प्रमुख क्रिस्टालिनाले विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताउनु भएको विविसिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button