सुनसरीका १६ जनाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ
सुनसरी । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको आशङ्का लागेका बिरामीहरूको पठाएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बीपी प्रतिष्ठानले बिभिन्न मितिमा १६ जनाको स्वाब परीक्षणका लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो ।
डा. अशोक ऐरका अनुसार शुरुमा पठाइएका १३ जना र पछिल्लो पटक पठाइएका तीन जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिष्ठानमा हाल आठ जना बिरामी आइसोलेसनमा रहेका छन् भने अन्य बिरामीहरू सेल्फ क्वारेन्टाइन र मोरङको टाँडीस्थित नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका छन् । थप तीन जनाको स्वाब टेकु अस्पतालमा पठाइएको उनीहरूको जाँच हुन केही दिन लाग्ने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्