हेलम्बुमा ३ सय ५ बेडको क्वारेनटाइन निर्माण गरिदै
मेलम्ची-हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ ।शुक्रबार हेलम्बु गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिका भरि ३९ ठाउँमा जम्मा ३ सय ५ बेडकोे क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
साथै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
बैठकले हेलम्बुबासीलाई घर नछाड्न र लकडाउनलाई कडाइका साथ पालना गर्न पनि आह्वान गरेको छ । बैठकले गाउँपालिकाका सबै वडाहरुमा क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित वडाका लागि निर्णय भएको क्वारेनटाइनको स्थलहरुको सुक्ष्म अध्ययन गरी गाउँपालिकामा आवश्यक सामाग्रीको विवरण र टोल स्वास्थ्य सुधार समितको विवरण अबिलम्ब पेश गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्