तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य सामाग्री वितरण

मेलम्ची-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धाहरुलाई खाद्य सामाग्री वितरण गर्नुू भएको छ ्। पूर्वमन्त्री बस्नेतले ५३ जना मजदुर र वृद्धवृद्धाहरुलाई चामल, दाल, नुन, तेल र हात धुने साबुन वितरण गर्नुू भएको हो छ लकडाउनले बिहान बेलुका खानाको समस्याले पिरोलिएका मजदुरहरुलाई १५ केजीका दरले चामलका साथै दाल, नुन, तेल र साबुन वितरण गरिएको नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताउनुभयो ।

यस अघि पनि सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रमा पूर्वमन्त्री बस्नेतले स्वास्थ्य सामाग्री गर्नुू भएको थियो । नेता बस्नेतले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो विपत्तिको घडीमा ज्यालदारीमा निर्भर श्रमिकहरुलाई तत्काल राहत घोषणा गर्न माग गरेपनि सरकारले अटेर गरेको आरोप लगाउनुभयो । बस्नेतले मजदुर,श्रमिक र न्यून आय भएका व्यक्तिहरुलाई भोकै बस्नु पर्ने समस्याबाट मुक्त गर्न कांग्रेस लागि पर्ने बताउनुभयो ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ सिन्धुपाल्चोकको संयोजनमा भएको कार्यक्रममा क्षमादेवी ग्रुपको समेत सहयोग रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button