तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा गोरु काट्ने ३ जना पक्राउ

पर्वत-देशभर लकडाउन घोषणा गरेर कसैलाई घरवाहिर ननिस्कन आग्रह गरिएको छ । तर, पर्वतमा भने विभिन्न वाहनामा उलंघन भैरहेको छ । लकडाउनको बेला अवैध कार्य गर्ने पनि भेटिएका छन् । यसक्रममा महाशिला गाउँपालिका २ भोक्सिङमा कानुन विपरित मासु खाने उद्देश्यले गोरु काट्दै गरेको अवस्थामा प्रहरीले तीन युवालाई रंगेहात पक्राउ गरेको छ ।

हिजो विहान १० बजेको समयमा गोरुको टाउको छिनाइसकेको अवस्थामा प्रहरीले युवाहरुलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो । घटनामा संलग्न महाशिला २ भोक्सिङका १६ बर्षिय सुजन गुरुङ, सोही स्थानका २७ बर्षिय लोकेन्द्र गुरुङ र महाशिला १ होश्राङदीका २७ बर्षिय पिताम्बर भूसाललाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा रहेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट जिल्ला प्रहरी कार्यालय पर्वत चलान गरिएको लुंखुमा कार्यरत प्रहरी सहायक निरिक्षक कृष्णप्रसाद पनेरुले जानकारी दिनुभयो । नियन्त्रणमा रहेका युवाहरुले पर्वत जिल्ला अदालतमा गौवध अन्तर्गत मुद्धा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button