तपाईँ सुन्दै हुनुहुन्छः

लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी नियन्त्रणमा लिदै प्रहरी

काठमाडौं । काठमाडौं उपत्यकामा लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

विश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागी सरकारले यही चैत ११ गते देखि देशै भरी लक डाउन गरेको छ । लकडाउन उल्लघन गरी हिडनेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान Multifunctional Arrest and Rescue Device दिएको छ । विभिन्न समयमा प्राप्त भई कार्यालयमा मौजाद रहेको सो डिभाईस मातहत कार्यालयहरूलाई प्रदान गरी सोही डिभाईस प्रयोग गरी नियन्त्रणमा लिन निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनुस भित्रै बस्नुस भन्दा पनी केही मानिसहरू बिना काम बाहिर निस्किरहेकाले तिनिहरूलाई नियन्त्रणमा लिदा प्रहरीलाई पनि खतरा हुन सक्ने भएकाले खतरा कम गर्नको लागी डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको पोखरेलले जानकारी दिनु भयो ।

नियन्त्रण लिनु पर्ने मानिस भन्दा २ र ३ मिटर टाढैबाट नियन्त्रणमा लिन सकिने भएकाले केही मात्रामा खतरा कम हुने आकलन गरीएको पनि उहाले बताउनुभयो ।

सरकारले तपाई हाम्रै सुरक्षाको लागी लकडाउन गरेको हुनाले त्यसलाई कार्यान्वयन गराउन सम्पुर्ण प्रहरीहरू बाहिर रोडमा खटिएकाले प्रहरीले जबरजस्ती गर्नु भन्दा पनि स्वस्फुर्त रूपमा लकडाउनको कार्यान्वयन गरि अत्यावश्यक काम भन्दा बाहेक बाहिर ननिस्कन पनि सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button