कोरोनाभाइरस : ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई सङ्क्रमण भएको पुष्टि
काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताउनुभएको छ ।
इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उहाँको जाँच गरिएको थियो ।
जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए ।
बेलायतभरमा ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएका छन् । यहाँ हालसम्म ५७८ जनाले यही भाइरसका कारण ज्यान गुमाएका छन्।
प्रतिक्रिया राख्नुहोस्