पर्वतका ग्रामीण क्षेत्रमा लकडाउन पालना भएन
पर्वत-पर्वतको सदरमुकाम कुश्मा लकडाउनले सुनसान भएपनि गाउँमा भने लकडाउनको उलंघन भैरहेको छ । मानिसहरुले शहरका मानिसलाई मात्रै लकडाउन गरिएको भन्दै गाउँमा मल बोक्ने, मकै छर्ने, घरबाट निस्केर भेला गर्ने, यूवाहरु जुवाको खालमा समय बिताउने लगायतका गल्ती गरेको पाईएको छ ।
कटुवाचौपारीका रामप्रसाद पौडेलका अनुसार विदेशबाट फर्किएकाहरू विना रोकतोक गाउँघरमा घुमिरहेका छन् । स्थानीय तहले क्वारेण्टाईनमा बस्न अनुरोध गरेकाहरु गाउँमा डुल्न थालेको भन्दै पौडेलले कडाईका साथ लकडाउन लागु नभएको जानकारी दिनुभएको छ ।
जिल्लाको महाशिलामा बिदेशबाट फर्किएकाहरु गाउँले संग मिलेर जुवाको खाल चलाएको स्थानीय अशोक उचै ठकुरीले जानकारी दिनुभएको छ ।
घरमै क्वारेण्टाईनमा बस्न भनिएकाहरु गाउँले जोडेर तास खेल्दै आएकाले उनीहरु बाट रोग फैलिने त्रास रहेको उहाँले बताउनुभयो । मास्क समेत नलगाई महिलाहरुले मल बोक्दै खेतमा पु¥याईरहेको ठकुरीले जानकारी दिनुभयो । । अत्यावश्यक सेवा बन्द गर्न भनिएपनि मदिरा पसलमा लकडाउनको समयमै बढि मदिरा विक्री भैरहेको सर्वसाधारणहरुको गुनासो छ ।
स्थानीय तहले गरेको सर्वेक्षण अनुसार दुई साता यता विभिन्न गाउँमा कोरोना प्रभावित मुलुकबाट आएकाको संख्या १६५ पुगेको छ । लकडाउनको बेला सवारीसाधान चलाउन रोक लागेपनि यूवाहरु निर्वाध मोटरसाईल कुदाईरहेका छन् । गाउँमा प्रहरीको उपस्थिती नहुँदा लकडाउनलाई उलंघन गर्ने क्रम बढेको हो । सदरमुकाम कुश्मा लकडाउनले सुनसान छ । गाउँमा जथाभावी गर्दा रोक फैलिने त्रास बढ्न थालेको गुनासो आउन थालेका छन्
प्रतिक्रिया राख्नुहोस्