तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा एक यूवा कोरोना अस्पतालमा भर्ना

पर्वत -पर्वत स्थीत अस्थाई कोरोना अस्पतालमा एक यूवालाई भर्ना गरेर राखिएको छ । कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवालाई आइसोलेसनमा भर्ना गरिएको हो ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका युवालाई बिहीबार साँझ पर्वतको कश्माबजार स्थित कोरोना अस्थाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

बागलुङ्ग जिल्लामा घर भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बसेका ती युवालाई परिक्षणका लागि आइसोलेसनमा राखिएको डा. देबकोटाले जानकारी दिनुभयो । युवती संगै एउटै बिमानमा आएका कारण परिक्षणका लागि आइसोलेसनमा राखिएको देबकोटाले बताउनुभयो ।

अहिले ती युवाको अबस्था सामान्य छ । उनमा कोरोना संक्रमणका लक्षण देखिएका छैनन । कोरोनाको संक्रमणका लक्षणहरु देखिएको अबस्थामा मात्रै स्वाब परिक्षणका पठाइने डा. देबकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button