तीन पटकसम्म स्थगित भएको जापानी फुटबल अप्रिल २५ तारिखबाट सुचारु
काठमाडौं । कोरोना भाइरसका कारण तीन पटकसम्म स्थगित भएको जापानी फुटबल अप्रिल २५ तारिखबाट सुचारु हुने भएको छ ।
जापानमा कोरोनाका कारण उच्च जोखिमको अवस्था कम हुँदै गएपछि जापान फुटबल संघले शिर्ष डिभिजनको जे लिगका साथै अन्य फुटबल गतिविधी अप्रिल १३ तारिखबाट सुरु गर्ने बताइएको थियो । तर कोरोनाको जोखिन नरोकिएपछि फेरी स्थगित भएको थियो । अब भने अप्रिल २५ तारिखबाट विस्तारै सुचारु हुने भएको छ । संघले जे लिगको दोस्रो डिभिजन मे दुई तारिखबाट खेलाउने भएको छ । यस्तै शिर्ष डिभिजनको जे लीग मे नौ तारिखबाट सुरु हुने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्