तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा एक सय बेडको क्वारेन्टाइन कक्ष स्थापना

भोजपुर । बिश्वभर कोरोना भाइरस (कोभिड १९) को प्रभाव बढी रहँदा त्यसको जोखिमबाट जोगिन पूर्वी पहाडी जिल्ला भोजपुरमा एक सय बेडको क्वारेन्टाइन स्थापना गरिसकिएको छ भने दुई अझै थप्ने तयारी छ ।

भोजपुर नगरपालिका वडा नम्वर ६ को देउरालमा रहेको सुम्निमा पोलिटेक्निक इष्टिच्युटमा ६० वेडको क्यारेन्टाइन कक्ष स्थापना गरिएको छ ।

भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा तथा नेपाली सेनाको प्रविधिक सहयोगमा ६० वेडको क्यारेन्टाइन कक्ष स्थापना गरिएको हो ।

संभावित संक्रमणलाई मध्यनजर गर्दै इष्टिच्युटमा ६० वेड र पर्यटन सुचना केन्द्रको भवन टक्सारमा ४० वेड गरी एक सय वेडको क्वारेन्टाइन कक्ष निर्माण गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुरीले संभावित जोखिमलाई ध्यानमा राख्दै भोजपुरमा तीन सय बेडको क्वारेटाइन निर्माण गरिने बताउनुभयो ।

जिल्लाको प्राय सबै स्वास्थ्य चौकीमा हेल्थ डेक्स स्थापना गरिएको छ भने शंका लागेका बिरामीलाई राख्नका लागि इष्टिच्युटमा ६०, पर्यटन सुचना केन्द्रमा ४० वेडको क्वारेन्टाइन, जिल्ला अस्पतालमा १० वेडको आइसोलेसन कक्ष, अरुण गाउँपालिकामा २० वेडको क्वारेन्टाइन र पाँच वेडको आइसोलेसन कक्ष, षडानन्द नगरपालिकामा ३० वेडको क्वारेन्टाइन कक्ष निमार्ण भइसकेको प्रमुख जिल्ला अधिकारी पुरीले जानकारी दिनुभएको छ ।

सम्भावित कोरोना भाइरसको संक्रमणको सामना गर्नको लागि जिल्ला प्रशासन कार्यालय, भोजपुर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्यमा सदरमुकाममा क्वारेन्टाइन कक्ष स्थापना भएका हुन् भने ग्रामीण क्षेत्रहरुमा सम्बन्धित गाउँपालिकाको समन्वयमा स्वास्थ्य संस्था लगायतका सरोकारवाला निकायहरुबाट क्वारेन्टाइन तथा आइसोलेसन कक्षहरु स्थापना गरिएको हो ।

भोजपुरमा रहेका दुई नगरपालिका र सात वटै गाउँपालिकाहरुले कोरोनाको संभावित जोखिमलाइृ ध्यानमा राखेर पूर्व तयारीदेखि सचेतनामुलक कार्यहरु गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button