तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र पर्यटकको उद्धार हुँदै, तारा र बुद्धको जहाजबाट काठमाडौं ल्याई क्वारेन्टाइनमा राखिने

काठमाडौं । सरकारले लकडाउनका कारण अलपत्र परेका पर्यटकलाई आजदेखि हवाइ यातायातबाट उद्धार गर्ने तयारी गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधबार पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेसँगै उद्दार सुरु गरिउको हो।
उद्धारगरी ल्याइएका पर्यटकहरुलाई काठमाडौंमा ल्याई होटलमा क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाइ मार्गबाट आएका तर अध्यागमनको रेकर्डअनुसार स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ । तीमध्ये धेरै पर्यटक रहेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकको उद्धारको लागि दुई जहाजले अनुमति लिएको बताएको छ।

विदेशी नागरिकलाई उद्धार गर्नको लागि बुद्ध एयरले काठमाडौं–पोखरा– काठमाडौंको लागि आनुमति मागेको छ भने तार एयरले पनि काठमाडौं–लुक्ला–काठमाडौं उडानको लागि अनुमति लिएको छ।

पोखरा, मुस्ताङ घुम्न गएका पर्यटकलाई बुद्ध एयरमार्फत काठमाडौं आउँदै छन् भने सगरमाथा क्षेत्रमा गएका पर्यटकलाई तारा एयरमार्फत उद्धार हुँदै छ।

सरकारले उद्धार गरेर काठमाडौं ल्याएका पर्यटकले होटलमा बसेको खर्च भने आफैँ व्यहोर्नुपर्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button