यस्तो देखियो ‘लकडाउन’को तेस्रो दिन (फोटो फिचर)
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन पनि नागरिकहरुले यसको पूर्ण पालना गरेका छन् । केही छिटफुट घटना बाहेक अन्यत्र लकडाउनको पालना भएको देखिन्छ । हेर्नुहोस् लकडाउनको प्रभाव सम्बन्धी केही तस्बिरहरु :
लकडाउन घोषणा भएको तेस्रो दिन बिहीबार नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार नजिकै पेट्रोल पम्प अगाडि लामबद्ध ट्याङ्कर । तस्वीर : मोहम्मद सदरुल/रासस
कोरोना भाइरसको प्रर्वाह नगरी आलुखेतीमा कीटनासक औषधि छर्कदै काभ्रेपलाञ्चोक, पनौतीका कृषक । तस्वीर : प्रदीपराज वन्त/रासस
कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी नेपाल–भारत सीमा नाका बन्द भएपछि जमुनाहा नाकामा अलपत्र परेका नेपालीलाई चाउचाउ वितरण गर्दै सुरक्षाकर्मी । तस्वीर : काशीराम शर्मा/रासस
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल–भारत सीमा नाका बन्द भएपछि जमुनाहामा चार महिने बच्चासहित अलपत्र परेकी दैलेखको दुल्लु नगपालिका–११ का विष्णा विष्ट । तस्वीर : काशीराम शर्मा/ रासस
काठमाडौँको क्षत्रपाटी मेडिकल पसलमा नेपालीद्वारा उत्पादन गरिएको स्यानिटाइजर किन्दै सर्वसाधारण । तस्वीर : प्रदीपराज वन्त/रासस
बन्द रहेका काठमाडौँको क्षत्रपाटीस्थित होलसेल औषधिका पसल । कोरोना भाइरसको सङ्क्रमणको त्रासले गर्दा औषधि आयातमा कमी भएपछि प्रायजसो औषधि पसलहरु बन्द भएका छन् । तस्वीर : प्रदीपराज वन्त/रासस
प्रतिक्रिया राख्नुहोस्