नेपाल टेलिमकले सुरु गर्यो रिचार्जबराबर बोनस
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ। बुधबार राति १२ बजेदेखि उक्त बोनस सुरु हुनेछ । टेलिकम प्रबन्धनिर्देशक डिल्ली अधिकारीका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी रिचार्जबराबरका बोनस दिन सुरु गरिनेछ। यो बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुनेछ।
मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म पुर्याउन निर्देशन दिएको थियो।
हालको लागि रिचार्जबराबरको बोनसमा मात्र दिने टेलिकमले जनाएको छ। लोनमा ग्राहकको खासै रुचि नदेखाएकाले बोनस मात्र दिने भएको हो । रिचार्जबराबरको बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ। अन्यथा प्राप्त बोनस काटिनेछ।
प्रतिक्रिया राख्नुहोस्