तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरको सुकुम्बासी वस्तीमा बाँडियो खाद्यान्न

झापा-दैनिक मजदूरी गरेर जीवन गुजारा गर्ने झापाको भद्रपुर १० र ९ का सुकुम्बासी वस्तीमा एक निजी विदालयले खाद्यान्न उपलब्ध गराएको छ ।नोवल कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण काममा जान नपाएपछि गुजारा गर्नै मुस्किल परेपछि भद्रपुर १० स्थित प्रज्ञा एकाडेमीले सुकुम्बासी वस्तीका एक सय परिवारलाई खाद्यान्न उपलब्ध गराएकोहो ।

भद्रपुर नगरपालिकाको समन्वयमा प्रतिपरिवार ५ किलो चामल र आधा केजी दाल वितरण गरेको प्रज्ञा एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिनु भयो ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का, भद्रपुर ९ का कार्यवाहक वडा अध्यक्ष राम दाहाल, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल लगायतको टोली बुधबार सुकुम्वासी बस्तीमा पुगेर सुरक्षितसाथ खाद्यान्न वितरण गरेको थियो ।यसअघि पनि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत बजार क्षेत्रमा १५ सय मास्क वितरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button